२०८२ मंसीर १२ गते , शुक्रबार

नवजात शिशुको मृत्यु भएपछि शनिश्चरे नगर अस्पतालमा विवाद

sajilo news
झापा
२०८२ मंसीर ९ गते , मंगलबार
नवजात शिशुको मृत्यु भएपछि शनिश्चरे नगर अस्पतालमा विवाद

 डेलिभरी गराउँदा नवजात शिशुको मृत्यु भएपछि शनिश्चरे नगर अस्पतालमा विवाद भएको छ । हिजो बिहान ४ बजे बिर्तामोड ५बस्ने आशिष लिम्बूकी श्रीमती २८ वर्षीया पबित्रा लिम्बूलाई डेलिभरी गराउन अर्जुनधारा ९ स्थित शनिश्चरे नगर अस्पतालमा लगिएको थियो । दिउँसो २ बजे उनको डेलिभरी सफल भएकोमा डाक्टरहरुले जन्मिएको शिशुको धड्कन कम देखिएकोले शिशुलाई बीएण्डसी अस्पतालमा लगेर देखाउन पठाएका थिए । बीएण्डसी अस्पतालमा ल्याएर देखाउँदा त्यहाँका डाक्टरले शिशुको मृत्यु भइसकेको भनी पुनः शनिश्चरे अस्पतालतर्फ फिर्ता पठाएका थिए ।

आफन्तहरु शनिश्चरे नगर अस्पतालमा आई के–कुन कारणले शिशुको मृत्यु भएको र शनिश्चरे नगर अस्पतालमै शिशुको मृत्यु भइसकेपछि बीएण्डसी अस्पताल किन रेफर गरेको भन्दै विवाद गरेका हुन् । विवादबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी भएपछि राति १० बजे प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

दुबै पक्षको सहमतिमा आज छलफल गर्ने र हाल मृत शिशुको शवलाई बीएण्डसी अस्पतालमा राख्ने सहमति भएको थियो । शिशुको शवलाई बीएण्डसी अस्पतालमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा झापाकै उत्कृष्ट भएको थियो ।

सम्बन्धित समाचार