२०८२ मंसीर १२ गते , शुक्रबार

नवजात शिशुको मृत्युपछि बीएण्डसी अस्पतालमा विवाद

sajilo news
झापा
२०८२ कार्तिक २७ गते , विहीबार
नवजात शिशुको मृत्युपछि बीएण्डसी अस्पतालमा विवाद

बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि विवाद भएको छ । शिवसतासी नगरपालिका ४ नयाँ बजार बस्ने रमेश बासकोटाकी गर्भवती श्रीमती ३० वर्षीया शर्मिला कोइराला कात्तिक २० गते सो अस्पतालमा भर्ना भएकी थिइन् । भोलिपल्ट उनीले ७ महिनाको शिशु (छोरी) शल्यक्रियाबाट जन्म दिएकी थिइन् । ती शिशुलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा हिजो बिहान ४ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा विवाद गरेका हुन् ।

विवादपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच ४ बुँदे सहमति भएको छ । मेडिकल र व्यवस्थापन पक्षले माफी माग्ने, मृतक शिशुको दाहसंस्कारको लागि माई खोलासम्म एम्बुलेन्स उपलब्ध गराउने ,बच्चा र आमाको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने र बच्चाको आमा शर्मिला कोइरालाको नाममा एकलाको कोष जम्मा गरिदिने सहमति भएको जनाइएको छ ।

सम्बन्धित समाचार