२०८२ मंसीर १२ गते , शुक्रबार

बाढीपहिरोको क्षतिमा तीन अर्ब ७८ को बीमा दाबी

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
बाढीपहिरोको क्षतिमा तीन अर्ब ७८ को बीमा दाबी

गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ। गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुद्रिक बीमाका तीन आवेदन परेको छ।

कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ।  

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ। यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो।
 

सम्बन्धित समाचार