२०८२ मंसीर ११ गते , विहीबार

एमालेको राष्ट्रिय महाधिवेशन : झापामा ३८ जना प्रतिनिधिका लागि १४८ जनाको उम्मेदवारी 

sajilo news
झापा
२०८२ मंसीर ११ गते , विहीबार
एमालेको राष्ट्रिय महाधिवेशन : झापामा ३८ जना प्रतिनिधिका लागि १४८ जनाको उम्मेदवारी 

बिर्तामोड । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि आज झापामा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको पार्टीका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

झापाबाट ११ औं राष्ट्रिय महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने विश्वकर्माले जानकारी दिएका हुन् । उनका अनुसार खुल्लामा १०२ जना, महिला ४२, युवा ३३ र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

झापा क्षेत्र नं. १ को खुल्लामा ३ जनाका लागि ६, महिलामा २ जनाका लागि ३, युवामा १ जनाका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नं. २ को खुल्लामा ५ जनाका लागि ३३, महिलामा ३ जनाका लागि ६, युवामा १ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका हुन् । क्षेत्र नं. ३ को खुल्लामा ३ जनाका लागि १३, महिलामा २ जनाका लागि ५, युवामा १ जनाका लागि ७ जनाले उम्मेदवारी दिए । 

क्षेत्र नं. ४ को खुल्लामा ४ जनाका लागि १०, महिलामा २ जनाका लागि ४, युवामा १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ५ को खुल्लामा ४ जनाका लागि २१, महिलामा ३ जनाका लागि १२, युवामा १ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । 

नेकपा एमाले झापाका निर्वाचन विभाग प्रमुख दीपेन्द्र लम्सालले अधिकतम सहमतिबाट प्रतिनिधि टुंगो लगाउने जानकारी दिए । उनले प्रतिनिधिका लागि उम्मेदवारी दिनेहरूलाई गुट र समूह निर्माण नगर्न आग्रह गरेका छन् । मंसिर १२ गते उम्मेदवारी फिर्ताको समय छ, उनले भने – १३ गते सहमति नभए निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ । जिल्लामा उत्साहजनक ढंगबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएको लम्सालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार