२०८३ बैशाख २४ गते , विहीबार

इलाममा पिकअप पल्टिदा दुर्घटना, ६ जना घाइते

sajilo news
इलाम
२०८२ कार्तिक १८ गते , मंगलबार
इलाममा पिकअप पल्टिदा दुर्घटना, ६ जना घाइते

इलाममा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । आज दिउँसो २.४५ बजे इलाम माङसेबुङ–२ तामा खोलानजिकै भित्री सडक खण्डमा झापा बिर्तामोडबाट गजुरमुखीधामतर्फ जाँदै गरेको मे १ ज १३१६ नं. को पिकअप अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

दुर्घटनामा गाडी चालक बिर्तामोड .५ बस्ने वर्ष ४७ का विनोद राजवंशी , सोही ठाउँ बस्ने वर्ष ३७ का सञ्जीव मण्डल , वर्ष १५ की सविना मण्डल , वर्ष ४९ का रमण मण्डल र नाम वतन नखुलेका वर्ष अन्दाजी ५५ का पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । पिकअपमा चालकसहित ७ जना सवार रहेका थिए ।

त्यस्तै आज दिउँसो १ बजे इलाम रोङ –४ बाघखोरस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको प्र१–०१–००१ ज ३७८२ नं. इभी गाडी र सोही दिशातर्फ आउँदै गरेको प्र१–०५–००२ प ०४०५ नं मोटरसाइकलले इभी भ्यानलाई ओभरटेक गर्ने क्रममा एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उदयपुर कटारी –५ बस्ने वर्ष २३ का चूडामणि धमला घाइते भएका छन् । उनलाई उपचारको लागि झापातर्फ ल्याइएको छ । इभी चालक इलाम नगरपालिका १० बस्ने वर्ष २४ का अञ्जन राई रहेका छन् । दुवै सवारी साधन प्रहरी चौकी किटेनीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार