२०८२ आश्विन २१ गते , मंगलबार

बिर्तामोडको इलाम स्ट्यान्डबाट महिला बेपत्ता

sajilo news
झापा
२०८२ आश्विन १८ गते , शनिबार
बिर्तामोडको इलाम स्ट्यान्डबाट महिला बेपत्ता

बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता भएकी छन् । हिजो दिउँसो ४.४५ बजे बिर्तामोड– ५ स्थित इलाम स्ट्यान्डबाट बुद्धशान्ति गाउँपालिका–७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती वर्ष ६८ की फुलमाया तामाङ बेपत्ता भएकी हुन् । उनका श्रीमानले इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

महिलाको हुलिया यस प्रकार रहेको छ ः–वर्ण गोरी, उचाइ अन्दाजी ५ फिट २ इन्च, कपाल फुलेको, रातो लुङ्गी र हरियो बुट्टे भेस्ट लगाएकी ।

सम्बन्धित समाचार