२०८२ आश्विन ९ गते , विहीबार

प्रहरी हिरासतमा रहेका भद्रपुरका कार्कीको उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ९ गते , विहीबार
प्रहरी हिरासतमा रहेका भद्रपुरका कार्कीको उपचारको क्रममा मृत्यु

झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार थुनुवा कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए ।

बुधवार दिउँसो १२ बजे कार्की टाउको सम्बन्धी बिरामी भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ सिटी स्क्यान गराउँदा टाउकोमा रगत जमेको देखिएकोले थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । उनको त्यही अस्पतालमा उपचारको क्रममा गएराति १०।१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार