२०८३ बैशाख ३० गते , बुधबार
संविधान दिवस : पत्रकार महासंघ झापाले निकाल्यो प्रभातफेरी
संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले आज बिहान बिर्तामोडमा प्रभातफेरी निकालेको छ ।हनुमान कम्प्लेक्स अगाडिबाट निकालिएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल, इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा आई कोणसभामा परिणत हुने भएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरू सहभागी छन् । सहभागीहरूले “प्रेस स्वतन्त्रता जिन्दाबाद, संविधान दिवस जिन्दाबाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका छन् ।