२०८३ बैशाख ३० गते , बुधबार

मनसुन सक्रिय, बर्हिगमनमा समय लाग्ने

sajilo news
रासस
२०८२ आश्विन ३ गते , शुक्रबार
मनसुन सक्रिय, बर्हिगमनमा समय लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन । 

भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो ।

मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ । यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ । मनसुन आज र भोलिभन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ । ठूलो वर्षाको सम्भावना नरहे पनि  खण्डित रुपमा ४० मिलिमिटरसम्म वर्षा हुने जनाइएको छ ।

सम्बन्धित समाचार