२०८३ बैशाख ३१ गते , विहीबार
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा र मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।
त्यस्तै सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो। सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। त्यस्तै शवलाई सम्बन्धित स्थानमा पुर्याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए।