२०८३ बैशाख ३१ गते , विहीबार

काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा

जेनजी पुस्ता समूहको आन्दोलन पश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाकामा भर्खरै केही बेर अघि सञ्चालनमा आएको जनाइएको छ । ६ दिनसम्म नाका ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो । 

नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए । एसएसबीले नाका खुलाए पनि अझै परिस्थित भने सामान्य बनेको छैन ।

भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको हो । यता भद्रपुर नाका भने शुक्रवारबाटै सञ्चालनमा आए पनि एसएसबीले परिचयपत्र हेरेर नाम टिप्न थालेपछि जनताले सास्ती झेल्नु परिरहेको छ ।   

सम्बन्धित समाचार