२०८३ बैशाख ३१ गते , विहीबार

झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुश

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुश

पूर्वी नेपालमा आइतबार साँझ भूकम्पको धक्का महसुश गरिएको छ । भारतका. आसामको गुवाहाटीमा ५.८ म्याग्निच्युडको भूकम्प गएपछि नेपालमा भूकम्पको धक्का महसुश भएको हो ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको गहिराइ ५ किलोमिटर थियो र यसको केन्द्रबिन्दु उदलगुरी शहरमा थियो । भूकम्पको धक्का उत्तर बंगाल र छिमेकी भुटानसम्म महसुस गरिएको थियो ।

उत्तरपूर्वी उच्च भूकम्पीय क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा बारम्बार भूकम्प जाने गरेको अधिकारीहरूले बताएका छन्

सम्बन्धित समाचार