२०८३ बैशाख ३१ गते , विहीबार
ताप्लेजुङमा खाल्डोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु
ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो।
बुधबार नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिए।
उनले अनुसार उक्त खाल्टो करीब ७ देखि ८ फिट गहिरो खनिएको थियो। दुवै जनालाई मृत अवस्थामा फेला पारिएको र आवश्यक काुनी प्रक्रिया समेत पूरा गरिएको प्रहरीको भनाइ छ।