२०८३ बैशाख ३१ गते , विहीबार

मोटरसाइकल दुर्घटनामा परी भद्रपुरका श्रेष्ठको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र २६ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी भद्रपुरका श्रेष्ठको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –६ भानुचोक निवासी ५९ वर्षीय राम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो इलामबाट झापा घर फर्किँदै गरेका श्रेष्ठ सवार प्र ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

बुद्धशान्ति गाउँपालिका–७ सुनमाई नजिकै सडक किनारको नालामा मोटरसाइकलले किच्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भइसकेको थियो । घटनास्थलमा प्रहरी टोली नपुग्दा उनको शवलाई आफन्तजनले उठाएर प्रादेशिक अस्पताल भद्रपुर ल्याई पुर्‍याएका थिए । शवको पोस्टमार्टम पश्चात् परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ । श्रेष्ठ केही दिन काम विशेषले इलाम गएका थिए 

सम्बन्धित समाचार