२०८३ बैशाख ३१ गते , विहीबार

जेनजी आन्दोलनमा घाइते तीन प्रहरीको मृत्यु

sajilo news
काठमाडौं
२०८२ भाद्र २५ गते , बुधबार
जेनजी आन्दोलनमा घाइते तीन प्रहरीको मृत्यु

जेनजी पुस्ताको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीनजना प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मनिष राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा मृत्यु भएको थाहाखबरलाई जानकारी दिए।

यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। अन्य विवरण संकलनमै रहेको प्रहरीले जनाएको छ। यसअघि आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु भएको छ। 

सम्बन्धित समाचार