२०८३ बैशाख ३१ गते , विहीबार

लुटिएका हतियार अविलम्ब फिर्ता गर्नू, नत्र कारबाही हुन्छ : नेपाली सेना

sajilo news
झापा
२०८२ भाद्र २५ गते , बुधबार
लुटिएका हतियार अविलम्ब फिर्ता गर्नू, नत्र कारबाही हुन्छ : नेपाली सेना

नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न  अनुरोध गरेको छ। 

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई  बुझाउन अनुरोध गरेको हो। 

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले  कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार