२०८३ बैशाख ३१ गते , विहीबार
झापामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
झापामा पहिलो पटक प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली लागेर अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
प्रहरीसँगको झडपमा परी आज बिर्तामोडमा करिब दुई दर्जन घाइते भएका छन् । उनीहरूको बीएण्डसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।