२०८३ बैशाख ३१ गते , विहीबार

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

sajilo news
झापा
२०८२ भाद्र २४ गते , मंगलबार
जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेका छन्। लोकतन्त्रमा नागरिकले उठाएको मागहरू जेन्जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको बिषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ छ। 

सम्बन्धित समाचार