२०८३ बैशाख ३१ गते , विहीबार

झापाको बिर्तामोड र दमक फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र २४ गते , मंगलबार
झापाको बिर्तामोड र दमक फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

बिहानैदेखि जेनजी युवा पुस्ताको आन्दोलन चर्किएपछि झापाको बिर्तामोड र दमक फेरि कर्फ्यु लगाइएको छ । भद्रपुरको हकमा निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड र दमक आज बिहान साढे १० बजेदेखि बेलुका ७ बजेसम्मको लागि कर्फ्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए ।

सम्बन्धित समाचार