२०८३ बैशाख ३१ गते , विहीबार

झापामा जेन–जी प्रदर्शन : प्रहरी नियन्त्रणमा १० जना प्रदर्शनकारी (नामावलीसहित)

sajilo news
झापा
२०८२ भाद्र २४ गते , मंगलबार
झापामा जेन–जी प्रदर्शन : प्रहरी नियन्त्रणमा १० जना प्रदर्शनकारी (नामावलीसहित)

झापामा जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दमकमा ९ जना र बिर्तामोडमा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई हिरासतमै राखिएको जनाइएको छ । 

पक्राउ पर्नेहरूको विवरण यस प्रकार छ ।
१. बिर्तामोड वडा न.५ बस्ने वर्ष अ.२३ का विकास खतिवडालाई नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ता बजारमा ल्याई राखेको।
२. ताप्लेजुङ याङबरक गा.पा.–१ बस्ने वर्ष २९ का सन्देश बि.क. ।
३. झापा कमल गापा–६ बस्ने वर्ष २६ का आकाश राई ।
४. दमक नपा–१ बस्ने वर्ष १६ का जिपसन धमला ।
५. कमल गापा–४ बस्ने वर्ष २१ का जसमिन कुलुङ राई ।
६. दमक नपा–५ बस्ने वर्ष ३२ की समिरा पोखरेल ।
७. दमक न.पा.७ बस्ने वर्ष १८ का मोहन साहसहित प्रदेश न.१–०२–०४०प ३०२१ को मोटरसाइकल नियन्त्रणमा ।
८. कमल गा.पा. ५ बस्ने वर्ष २१ का रुपेश धिमालसहित प्रदेश न.१–०१–०१२ प ७८७६ को मोटरसाइकल नियन्त्रणमा ।
९. दमक बस्ने वर्ष १९ का प्रितम भुजेल
१०. दमक–९ बस्ने वर्ष २४ का देउशरण महतो

सम्बन्धित समाचार