२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोडमा लगाइयो कर्फ्यु, जेनजीको प्रदर्शन नियन्त्रणबाहिर
जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा कर्फ्यु आदेश जारी गरेको छ । जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्ला तोकेर आज राति साढे ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए । कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ । जेनजी समूहले जिल्लाको बिर्तामोड र दमकमा गरेको प्रदर्शन उग्र बनेको थियो ।
