२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोडमा प्रहरीेले गोली चलायो, प्रदर्शनकारीले गरे नगरपालिकाको गेटमा आगजनी

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र २३ गते , सोमबार
बिर्तामोडमा प्रहरीेले गोली चलायो, प्रदर्शनकारीले गरे नगरपालिकाको गेटमा आगजनी

झापाको बिर्तामोडमा प्रहरीेले गोली चलाएको छ । जेनजी प्रदर्शनकारीहरुले आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेका छन् । प्रदर्शनकारीहरुले आज दिउँसो ४ बजेको समयमा बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाकाभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपमा परी केही घाइते भएका छन् । प्रदर्शनकारीहरुले ढुंगामुडा प्रहार गर्दै गेटमा समेत आगजनी गरेको जनाइएको छ । 
 

सम्बन्धित समाचार