भद्रपुर नगर : गुमाएको विरासत, टोलाएको भविष्य
नेपालको सुदूरपूर्वमा रहेको झापा जिल्लाको सदरमुकाम भद्रपुरको इतिहास गौरवपूर्ण छ, र छ– लोमहर्षक पनि । देशको यो पूर्वी सीमान्त भूभागमा ७५ वर्ष अघि ‘पूर्वी नेपाल प्रजातान्त्रिक सामयिक सरकार’ थियो । जुन सरकारले २००७ साल मंसीरदेखि २००८ साल असोज ३ गते (९ महिना ७ दिन)सम्म प्रजातन्त्र–सेनानी भैरवप्रसाद आचार्यको गभर्नरशिपमा केन्द्रीय सरकारभन्दा भिन्न स्वायत्त शासन चलाएको थियो । ‘धुपगाछी’बाट ‘भद्रपुर’ नामाकरण भएको यो ठाउँको इतिवृत्त पत्रकार गोपाल गिरीकृत ‘सदरमुकाम भद्रपुरको गाथा’ले कहेको छ ।
लगभग २०२८ सालसम्म कृषिजन्य उद्योगहरुको बाहुल्यले नेपालकै ठूला शहरहरूसँग प्रतिस्पर्धा गर्ने हैसियत राख्ने यो शहर आज भने आफ्ना पुराना गौरवगाथा र विगतमा गुमाएका अवसरहरू कल्पेर पछुतो मानिरहेको अवस्थामा छ । आर्थिक, सामाजिक र राजनीतिक केन्द्रका रूपमा यसको भूमिका क्रमशः कमजोर हुँदै जानुमा थुप्रै कारण छन् । जसले २००८ सालमा देशको पाँचौं नगरपालिका घोषित भद्रपुरको नियतिलाई थप उजागर गर्दछ ।
सम्भावनाको गर्भबाट पलायन हुन पुगेको मुख्यतः ३ महत्वपूर्ण परियोजनामध्ये एउटा मेची आँखा अस्पताल हो, जुन आज अत्याधुनिक सुविधासम्पन्न आँखा र कान उपचारस्थलका रुपमा भव्य स्वरुप लिएर बिर्तामोडको सैनिक मोडमा अवस्थित छ । कुनै समय त्यो मेची आँखा अस्पताल भद्रपुरमा स्थापना हुने निश्चितप्रायः थियो । नेपाल नेत्र ज्योति सङ्घले यसका लागि सम्पूर्ण तयारी गरिसकेको थियो । दाताहरूको खोजी भइरहेको थियो । तर, अन्तिम समयमा यो परियोजना भद्रपुरमा जग्गा प्राप्ति नहुँदा बिर्तामोडमा स्थापना हुन पुग्यो ।
यहाँ शिक्षण अस्पतालको उपस्थितिले चिकित्सक लगायतका स्वास्थ्यकर्मी उत्पादन गर्ने, अनुसन्धान गर्ने र सर्वसाधारणलाई सस्तो एवम् सुलभ स्वास्थ्य सेवा दिने ३ वटै लक्ष्य पूरा हुन्थ्यो । जसले भद्रपुरको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई एकैचोटि उकास्ने सामथ्र्य राख्थ्यो ।
त्यसको पछाडि मुख्यतया राजनीतिक दबाब थियो । तत्कालीन राजनीतिले बिर्तामोडलाई प्राथमिकता दियो, जसले गर्दा, भद्रपुरको आर्थिक र सामाजिक विकासमा निश्चित रुपमा टेवा पु¥याउन सक्ने, एउटा महत्वपूर्ण स्वास्थ्य संस्था एकाएक स्थानान्तर हुन पुगेको थियो । । त्यो अवसर गुमाउँदा भद्रपुर स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण केन्द्र बन्नबाट चुक्यो । आज त्यही मेची आँखा अस्पतालकै कारण बिर्तामोडको सैनिक मोडले एउटा सानो, तर नयाँ व्यस्त शहरको रुप पाएको छ । स्वास्थ्य पर्यटनले व्यावसायिक चहलपहल बढाइरहेको छ र रोजगारीको सिर्जना गरेको छ
अर्को, नेपालकै शीर्ष स्वास्थ्य केन्द्रमध्येको एक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (बाँसबारी, काठमाडौं)को प्रारम्भिक उपचार युनिट भद्रपुरमा स्थापना गर्ने प्रस्ताव पनि भद्रपुरमा आएको थियो । मुटु रोगका बिरामीहरूलाई तत्काल उपचार उपलब्ध गराएर ठूलो जोखिमबाट बचाउने उद्देश्यले भद्रपुरकै डा. रामेश कोइरालाद्वारा प्रस्तावित सो परियोजना निक्कै महत्वपूर्ण थियो । उक्त युनिटको स्थापनाले भद्रपुरलाई मुटु रोगको उपचारका लागि एक क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्न सक्थ्यो । जसले झापा मात्र नभई पूर्वी नेपाल र छिमेकको इण्डियन बिरामीहरूलाई पनि आकर्षित गर्न, मुटु रोगीहरुका निम्ति भरपर्दो स्वास्थ्योपचार केन्द्र बन्न, रोजगारी सिर्जना गर्न र भद्रपुरको आर्थिक जीवनमा प्राण भर्न सक्थ्यो । तर, सो परियोजना पनि मुख्यतः स्थानीय नेतृत्व र ठूलाबडा हौं भन्नेहरुकै उदासीनतासँगै राजनीतिक खिचातानीका कारण तुहियो । र, आशाको अर्को दियालो पनि निभ्यो ।
त्यस यता, जब मोरङको हात्तिमुडामा अवस्थित नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ले आफ्नो एक महत्वपूर्ण आंगिक संस्थाका रुपमा प्रादेशिक अस्पताल–भद्रपुरलाई शिक्षण अस्पताल बनाउने प्रस्ताव लिएर आयो । यहाँ शिक्षण अस्पतालको स्थापनाले भद्रपुरलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको हब बनाउन सक्थ्यो ।
यहाँ शिक्षण अस्पतालको उपस्थितिले चिकित्सक लगायतका स्वास्थ्यकर्मी उत्पादन गर्ने, अनुसन्धान गर्ने र सर्वसाधारणलाई सस्तो एवम् सुलभ स्वास्थ्य सेवा दिने ३ वटै लक्ष्य पूरा हुन्थ्यो । जसले भद्रपुरको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई एकैचोटि उकास्ने सामथ्र्य राख्थ्यो । तर, संकीर्ण राजनीतिक सोच र प्रभावकारी पैरवीको अभावले यो परियोजना पनि अन्ततः हालै धनकुटा पुग्यो । यसरी भद्रपुरले आधुनिक र विशिष्टीकृत स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो पहिचान बनाउने एउटा थप दूरगामी महत्वको मौका गुमायो ।
कैयौं वर्षपश्चात् बल्लतल्ल यहाँको सीमा–नाकामा मेची पुल त बन्यो, तर त्यो पुल बन्दा यहाँको आर्थिक–जीवनमा कायाकल्प हुने गरिएको कल्पना, आशा र भरोसा पनि टुटेको छ । विगतको मर्यादित शाख र गर्विलो विरासत इतिहासको पानामा मात्र कैद छ– आज !
निष्कर्ष के हो भने, भद्रपुरले यी ३ परियोजनाका अवसरहरू गुमाउनु कुनै संयोग मात्र नभई गम्भीर नीतिगत कमजोरी र राजनीतिक नेतृत्वको अदूरदर्शिताको परिणाम थियो । यी परियोजनाहरू भद्रपुरको आर्थिक जीवनका लागि गेम चेन्जर साबित हुन सक्थे । यसले रोजगारी मात्र सिर्जना गर्थेन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र भद्रपुरलाई स्वास्थ्यजन्य शैक्षिक केन्द्रका रूपमा पुनर्जीवन दिने थियो ।
आज भद्रपुरका बासिन्दाहरूसँग आफूहरूले लगालग गुमाएका ती सुअवसर सम्झेर पीडा महसूस गर्नु बाहेकको विकल्प बचेको छैन । कैयौं वर्षपश्चात् बल्लतल्ल यहाँको सीमा–नाकामा मेची पुल त बन्यो, तर त्यो पुल बन्दा यहाँको आर्थिक–जीवनमा कायाकल्प हुने गरिएको कल्पना, आशा र भरोसा पनि टुटेको छ । विगतको मर्यादित शाख र गर्विलो विरासत इतिहासको पानामा मात्र कैद छ– आज !
त्यसैले अब भविष्यमा आउने सम्भावनाहरूलाई पहिल्याउनका लागि दृढ राजनीतिक इच्छाशक्ति, एकीकृत रणनीति र निरन्तर पैरवीको सामूहिकता जरुरी छ । यति भनिरहँदा भद्रपुर विकासमा पछि पर्नुमा मूलतः राजनीतिक इच्छाशक्तिको कमी नै एउटा प्रमुख कारण हो । भद्रपुरको राजनीतिक नेतृत्व, स्थानीय सरकार र नागरिक समाजले अब गम्भीर आत्म–समीक्षा गर्नै पर्ने भएको छ ।
यद्यपि, स्थानीय सरकारको बहालीपछि नयाँ पूर्वाधार निर्माण, सडक सुधार, उद्योग र व्यापारिक गतिविधिलाई प्रोत्साहन दिने प्रयास भइरहेका छन् । तर, यी प्रयासहरूले नै भद्रपुरलाई पुनर्जीवन दिने सम्भावना पर्याप्त छैन । अझै धेरै काम गर्न बाँकी छ । नयाँ युगको आवश्यकता अनुसार भद्रपुरको सर्वतोमुखी विकास गर्न बृहत् योजना, राजनीतिक प्रतिबद्धता र स्थानीय सरकारको एकचित्त लगन, समर्पण र सहभागिता अपरिहार्य छ । ताकि, विरासत गुमाएको भद्रपुरको भविष्य पनि अब के ?– भनेर आजको जस्तै टोलाउनु पर्ने नियति आउने सन्ततिले भोग्नु नपरोस् ।