२०८३ असार ३ गते , बुधबार

वैदेशिक रोजगारीमा जाने १२ प्रतिशतले बढे

sajilo news
झापा
२०८२ जेष्ठ ६ गते , मंगलबार
वैदेशिक रोजगारीमा जाने १२ प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १२ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव २०८१/८२ को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो। 

गत आवको यो अवधिमा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए। चालु आवको यस अवधिमा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ।

यो संख्या गत आवको तुलनामा चालु आवमा ७३ हजार ४०३ जनाले बढी हो।चालुु आव २०८१/८२ को १० महिनामा सबैभन्दा बढी सङ्ख्याले मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। चालु आवको मङ्सिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका थिए।

विभागका अनुसार साउनमा ५९ हजार ५७५,  भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएका थिए। यस्तै पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

सम्बन्धित समाचार