२०८३ असार ३ गते , बुधबार
रंगेली–कानेपोखरी सडकमा बसको ठक्करबाट बालिकाको मृत्यु
मोरङको रंगेली– कानेपोखरी भित्री सडक खण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो रंगेली नगरपालिका-८ दर्वेसा टोलस्थित रंगेली–कानेपोखरी भित्री सडक खण्डमा को १ ख २१०३ नम्बरको यात्रुवाहक बसले वडा नं ७ बस्ने दिलीप मण्डलकी छोरी १३ वर्षीया मिरा मण्डललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
गम्भीर घाइते बालिकालाई उपचारको लागि रंगेली अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच मृत्यु भइसकेको थियो । बस र बस चालक मोरङ कटहरी ७ बस्ने ५५ वर्षीय चन्द्रबहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।