२०८३ असार ३ गते , बुधबार

डीएसपीले चलाएको कार र सांसद सवार गाडी ठोक्कियो, घाइतेहरूको उपचार हुँदै

sajilo news
झापा
२०८२ जेष्ठ ५ गते , सोमबार
डीएसपीले चलाएको कार र सांसद सवार गाडी ठोक्कियो, घाइतेहरूको उपचार हुँदै

झापाबाट विराटनगरतर्फ जाँदै गरेको कोशी प्रदेश सभाका सांसदहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ, र विद्या चाम्लिङ सवार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्किँदा सांसद सवार गाडी सडकमा पल्टिएको थियो । अर्को कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । उनी पनि सामान्य घाइते भएका छन् । दुईवटै गाडीमा सवार भएकाहरूको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
 

सम्बन्धित समाचार