२०८३ असार ३ गते , बुधबार

चारआली–केचना सडकमा खाल्डाखुल्डीका कारण घट्यो दुर्घटना, टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पती गम्भीर घाइते

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ ४ गते , आईतबार
चारआली–केचना सडकमा खाल्डाखुल्डीका कारण घट्यो दुर्घटना, टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पती गम्भीर घाइते

झापा । मेची राजमार्गको चारआली–केचना खण्डस्थित मेचीनगरको ढुवागढीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो साढे १२ बजेको समयमा मेचीनगर नगरपालिका-१४ ढुवागढीस्थित नमुना टोलमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र–०१–००१–०१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट मोटरसाइकल चालक मेचीनगर–१३ निवासी ५५ वर्षीय मानबहादुर लिम्बु र पछाडि सवार उनकी श्रीमती ५२ बर्षीया टीका श्रेष्ठ लिम्बु घाइते भएका छन् । 

दुर्घटनामा परी टीकाको कम्मरदेखि तलको भाग टुक्राटुक्रा भएर चुँडिएको छ । गम्भीर घाइते भएका दुवैको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलका रहेका प्रत्यक्षदर्शीका अनुसार ढुवागढीस्थित नमुना टोलको सडकमा धेरै नै खाल्डाखुल्डी रहेकोले मोटरसाइकल चालकले एक्कासि ब्रेक लगाउँदा पछाडिबाट तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । यो दुर्घटना सडकमा रहेको खाल्डाखुल्डी कारण भएको प्रत्यक्षदर्शीहरूको भनाई छ ।   

 

सम्बन्धित समाचार