२०८३ असार ३ गते , बुधबार

आजको मौसम : चट्टयाङसहित पानी पर्ने सम्भावना

sajilo news
झापा
२०८२ जेष्ठ ४ गते , आईतबार
आजको मौसम : चट्टयाङसहित पानी पर्ने सम्भावना

अहिले काठमाडौं उपत्यकाका केही स्थानसहित बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  दिउँसो पनि यी स्थानमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपात सम्भावना छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्र गरेको छ। 

मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको साथै जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। जसका कारण अबको केही दिन बदली र वर्षाको सम्भावना रहने मौसमविद् डेभिड ढकालले जानकारी दिए।  

बदली र वर्षाको मात्रा बढेसँगै हिजोदेखि नै देशका धेरै स्थानको तापक्रम पनि घटेको छ। हिजो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन भएको छ।  त्यस्तै सबैभन्दा धेरै धनगढीलगायतका स्थानमा ३७ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम मापन भएको मौसमविद् ढकालले जानकारी दिए।

सम्बन्धित समाचार