हल्दिबारीका अग्निपीडित कट्टेलका परिवारले पाए नयाँ घर
झापाको हल्दीबारी गाउँपालिका–२ स्थित राईटोल निवासी अग्निपीडित विष्णु कट्टेलको परिवारलाई सामाजिक अभियन्ता तथा सहयोगीदाताहरूले नयाँ घर निर्माण गरी दिएको छ । हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको प्रमुख आतिथ्यता तथा वडा सदस्य एवं सामाजिक अभियन्ता विष्णु राईको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच शुक्रबार अग्निपीडित कट्टेललाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।
गत चैत ११ गते राति भएको आगलागीबाट उनको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । त्यसपछि कठोर कठिनाइ झेलेको कट्टेल परिवारलाई न्यानो छाना दिने उद्देश्यले सामाजिक अभियन्ताहरू जुटेर करिब ६ लाख ५० हजार लागतमा निर्मित नयाँ घर बनाइदिएको हो । घर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाका सचिव कृष्ण प्रसाईँ, सहयोगी दाताहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
वडा सदस्य विष्णु राई, युवा व्यवसायी कुमार कार्की, समाजसेवी भेषराज भण्डारी लगायतको अगुवाइमा सुरु गरिएको भवन निर्माण अभियानमा स्थानीयदेखि विदेशीमा रहेका नेपालीहरूले समेत सहयोग गरेका थिए । घर निर्माणमा सहयोग गर्ने दाताहरू हल्दीबारी गाउँपालिका, योगेन्द्र पराजुली, जनार्दन न्यौपाने, भेलागढी सामुदायिक वन, पाथीभरा कालिका सामुदायिक वन, शुक्र दाहाल, प्रकाश उप्रेती, यादव तिम्सिना, असीम मैनाली, पाण्डप तिम्सिना, भोला प्रसाद ढुङ्गेल, रातेमाटे सामुदायिक वन उपभोक्ता समूह, कुमार तिम्सिना, श्याम गुरुङ, राजन श्रेष्ठ, सुदिप सुवेदी, कृष्ण प्रसाद प्रसाईँ, प्रदीप गुरुङ, सन्तोष दाहाल, निर्मला कार्की ९थापा०, कृष्ण बहादुर राई, रबिन ठाकुर, जीवन दाहाल, चन्दा राई, किरात राई यायोक्खा हल्दीबारी, राम कुमार गिरी, कमल योन्जन तामाङ रहेका छन भने चन्दा राईको सहयोगमा विदेश ९बेल्जियम० बाट सहयोग गर्ने दाताहरू अनिता गुरुङ, विष्णु गुरुङ, गीता पुन, चन्दा राई, जमुना गुरुङ, सङ्गीता कार्की, यमुना चौधरी, शिलु थापा, मञ्जु रानाभाट, देउमाया लिम्बु, सानू फोमु शेर्पा, ममता लामा, आश्मा शाही, रुपा कार्की, यशोदा बिक, अनु कार्की, रोजिना खड्का, वन्दना रायमाझी, प्रमीला ब्लोन, छिरिङ शेर्पा, मोती लामा, रुपा अधिकारी, दीपक शिवाकोटी रहेका छन् ।
निर्माण कार्यको समन्वय र श्रमदानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अभियन्ताहरूमा वडा सदस्य विष्णु राई, युवा व्यवसायी कुमार कार्की र समाजसेवी भेषराज भण्डारी रहेका थिए ।