२०८३ असार ३ गते , बुधबार
निन्दा बगरमा उम्रेको विषालु च्याउ खाँदा मेचीनगरका तीनजना सिकिस्त
झापाको मेचीनगरमा विषालु च्याउ खादा तीनजना सिकिस्त भएका छन् । शुक्रबार दिउँसो अन्दाजी १२ बजे मेचीनगर नगरपालिका वडा नम्बर–१५ रघुवीर चौक बस्ने ७० वर्षीय भक्तबहादुर राई, उनकी श्रीमती ६५ वर्षीया चन्द्रिका राई र नातिनी ४ वर्षीया बिनसी राईले घरनजिकै निन्दा खोला बगरमा उम्रेको विषालु च्याउ घरमा ल्याई पकाएर खाएका थिए । च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । बोल्न सक्ने सबै बिरामीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।