२०८३ असार ३ गते , बुधबार

जंगल र नदीको बगरमा दुईजना मृत भेटिए

sajilo news
झापा
२०८२ जेष्ठ २ गते , शुक्रबार
जंगल र नदीको बगरमा दुईजना मृत भेटिए

ताप्लेजुङ र तेह्रथुममा दुईजना मृत फेला परेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ खानीटोल चित्रे निवासी २४ वर्षीया वर्षा तामाङ मृत भेटिएकी छन् । प्रहरीका अनुसार सुमन तामाङकी श्रीमती बर्षा गत बैशाख ३० गते मादक पदार्थ सेवन गरी कोही कसैलाई नसोधी घरबाट हराएकी थिइन् ।

मेरिङदेन गाउँपालिका–५ थुकिम्बा माइती घर भएकी उनको शव हिजो बिहान ११ बजे खानीटोलको जंगलमा भेटिएको थियो । घटनाबारे अनुसन्धान र कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

त्यस्तै तेह्रथुम छथर गाउँपालिका-३ वासिकास्थित तमोर नदीको बगरमा एक पुरुषको शव फेला परेको छ । हिजो दिउँसो ४ बजे तमोर नदीको बगरमा नाम थर वतन नखुलेको अन्दाजी ३० वर्षका पुरुष बगाई ल्याएको जस्तो देखिने शव घोप्टो अवस्थामा फेला परेको हो । घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय वसन्तपुरबाट टोली गएको जनाइएको छ

सम्बन्धित समाचार