श्रेष्ठको नेतृत्वमा भद्रपुर साइकल समाज गठन
भद्रपुर साइकल समाज गठन गरिएको छ । पूर्वनगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन गरिएको हो । समिति ११ सदस्यीय रहने बताइएको छ ।समितिको उपाध्यक्षमा जितु शर्मा, सचिवमा प्रवेश न्यौपाने, सहसचिवमा सुजित बान्तवा राई र कोषाध्यक्षमा देवीबहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा उज्ज्वल श्रेष्ठ, वेनम योङहाङ लिम्बू, युवराज लावती, मुकेश दाहाल रहेका छन् । दुईजना सदस्य पछि थप गरिनेछ ।समितिको सल्लाहकारमा प्रदेशसभा सदस्य मोहन महर्जन, टिकाराज ढकाल, मनोज सिंह, तिलकसिंह पाण्डे, यदुनाथ दाहाल, सुशील धमला, भेषराज ढकाल, दीपक तिम्सिना रहेका छन् ।समाजले जेठ २० विश्व साइकल दिवस र जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर सामूहिक साइकल -र्याली आयोजना गर्ने भएको छ ।
-र्यालीले नगरपालिकाका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्वका क्षेत्रहरूको परिक्रमा गर्ने अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै, भद्रपुरका प्रत्येक टोल तथा वडा स्तरमा साइकल गतिविधिका बारेमा विषय उठान गर्दै बजेट विनियोजनका लागि माग गर्ने निर्णय गरिएको छ