२०८३ असार ३ गते , बुधबार
अरिदमन गण चारआलीका एक सैनिक होटलमा मृत भेटिए
झापाको चारआली ब्यारेकस्थित अरिदमन गणका एक जना सैनिकले झुन्डिएर आत्महत्या गरेका छन् । अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटेल भैरवीमा आज साँझ झुन्डिएर आत्महत्या गरेका हुन् ।
ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा-११ स्थित नयाँ बसपार्कको भैरवी होटलमा झुन्डिएर आत्महत्या गरेका हुन् ।होटलको दोस्रो तलामा पङ्खामा उनी झुन्डिएको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ ।