२०८३ असार ३ गते , बुधबार

नेपाली चेलीलाई बेश्यालय लैजान खोज्ने एसएसबीको फन्दामा

sajilo news
झापा
२०८२ बैशाख ३१ गते , बुधबार
नेपाली चेलीलाई बेश्यालय लैजान खोज्ने एसएसबीको फन्दामा

ललाईफकाई विभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्‍याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्।

रौतहट सँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो। नेपालबाट एकजना युवकले मानव तस्करीको उद्देश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमा क्षेत्र पिलर सङ्ख्या ३५५६/२ नजिकै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी वर्ष २५को सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमान्डर राजनन्दन कुमारले बताएका छन्।

सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० बर्षिया विवाहीत युवतीलाई भगाई लागिरहेका गुप्ताले पटक पटक ब्यान फेरी रहेका थिए। उनलाई कडाईका साथ सोधबुझ गर्दा पासवान युवतीलाई दिल्ली स्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले  लागिरहेको स्वीकारेको एसएसबी  कमान्डर कुमारले बताएका छन्।

विआर ०१ विए ३४२१नम्बरको उक्त मोटरसाईकल आफन्तको घरमा राखेर घोडासहनबाट ट्रेन चढेर युवतीलाई लिएर दिल्ली जाने उनीहरूको योजना रहेको कमान्डर कुमारले जानकारी दिएका छन्।उनीहरूको साथबाट एकथान मोटरसाईकल, केटीको ब्यागबाट ५० हजार नेपाली रुपैयाँ र केटाको पाकेटबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिएका छन्। एसाएसबी क्याम्पमा पुगेर पक्राउ परेकी केटीको बुवाले लाखौं खर्च गरेर यसैबर्ष बिहे गरेको छोरीलाई गुप्ताले ललाई फकाई दिल्ली लागिरहेको बताएको थियो उनले मानव तस्करी गरिरहेका गुप्तालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार