२०८३ असार ३ गते , बुधबार

लेटाङको मार्केटमा आगलागी हुँदा २५ लाखको क्षति

sajilo news
झापा
२०८२ बैशाख ३१ गते , बुधबार
लेटाङको मार्केटमा आगलागी हुँदा २५ लाखको क्षति

मोरङको लेटाङमा रहेको मार्केटमा आज बिहान आगलागी भएको छ । लेटाङ नगरपालिका– ३ बि.पी. चौकमा डिल्ली पोखरेलको तीनतले पक्की घरको पहिलो तलामा सुरजकुमार साहले खोलेको ताज सिम्पल मार्केटमा बिजुलीको लाइन सर्ट भई आगलागी भएको हो । आगलागीबाट फ्रिज ५ थान, खाद्यान्न सामग्री, बेकरी सामग्री र अन्य विभिन्न पेय पदार्थ समेत गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।

बिहान ३ बजे लागेको आगो इप्रका लेटाङबाट खटिएको १५ जना प्रहरी ,नगर प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा ३.३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार