२०८३ असार ३ गते , बुधबार

झापामा एउटा बेवारिसे मोटरसाइकल भेटियो

sajilo news
झापा
२०८२ बैशाख ३१ गते , बुधबार
झापामा एउटा बेवारिसे मोटरसाइकल भेटियो

झापाको कनकाई नगरपालिकामा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका-३ टप्पु चौकस्थित न्यौपाने फर्निचर अगाडी मे ४ प ८४१४ नम्बरको १८० सी.सी.को सेतो रङ्गको अपाचे मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको हो ।

त्यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर उक्त मोटरसाइकल कार्यालयमा ल्याई राखिएको छ । मोटरसाइकलको चेचिस नं. D६३४KE६९C२C२३०७ रहेको छ भने इन्जिन नं. कोरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार