२०८३ असार ३ गते , बुधबार
कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । शनिवार राति ११ बजे ताप्लेजुङको सिरिजंघा –८ याम्फुदिनस्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरबाट आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया महिला मारगेटा मोरिङको मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो ।
घटनाबारे हिजो मात्र प्रहरीलाई जानकारी प्राप्त भएको हो। मृतक महिलाको शव करिब ७ हजार ५०० मिटरको उचाइमा रहेको जनाइएको छ । प्रहरीका अनुसार उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको छ ।