२०८३ असार ३ गते , बुधबार
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १० बर्षपछि समातिए
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी इलाम चुलाचुली– ५ आँपझोला बस्ने ३४ वर्षीय कमल तामाङ १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत इलामको मिति २०७२ असार १७ गतेको फैसलाले उनलाई ६ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
खोजतलास गर्ने क्रममा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले आज बिहान उनकै घरबाट तामाङलाई फेला पारेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।