२०८३ असार ३ गते , बुधबार
इलाममा पक्की पुल भत्किँदा सडक अवरुद्ध
इलाम सूर्योदय नगरपालिका– १ स्थित मयुम खोलाको पक्की पुल भत्किँदा सडक अवरुद्ध भएको छ । आज दिउँसो १२ः३० बजे नयाँ बजारबाट फिक्कलतर्फ आउँदै गरेको प्रदेश १– ०३–००१ च ००९१ नम्बरको दूध बोक्ने बोलेरो गाडी क्रस गर्ने क्रममा मयुम खोलाको पुरानो पक्की पुल भत्किएको हो । पुल भत्किँदा बोलेरो गाडीमा सामान्य क्षति पुगेको छ ।
सो गाडी घटनास्थलबाट निकालिएको छ भने पुल भत्किएकोले बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बोलेरो चालक माईजोगमाई –२ बस्ने इन्द्रकुमार राई प्रहरीको सम्पर्कमा रहेको र उक्त सडकमा वैकल्पिक बाटो नभएकोले पुल बनाउनेतर्फ समन्वय भइरहेको जनाइएको छ ।