२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा आगलागी, एक घर जलेर नष्ट

sajilo news
झापा
२०८२ बैशाख २९ गते , सोमबार
भद्रपुरमा आगलागी, एक घर जलेर नष्ट

भद्रपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज बिहानको राति २ बजे भद्रपुर नगरपालिका-९ जमदार चोक बस्ने गीता कार्की पौडेलको घरमा आगलागी भएको हो । पौडेलको टिनको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घरमा विद्युत् सर्ट भई आगलागी हुँदा भान्साभित्र रहेको अन्नपात, भाँडा वर्तन, काठपात पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी १ लाख ५० हजार बरावरको क्षति भएको छ । प्रहरी चौकी घोडामाराबाट गएको प्रहरी टोली र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार