२०८३ असार ३ गते , बुधबार

कचनकवलमा एक युवती सडकमै मृत भेटिइन्

sajilo news
झापा
२०८२ बैशाख २८ गते , आईतबार
कचनकवलमा एक युवती सडकमै मृत भेटिइन्

झापाको कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको छ । आज बिहान ६ बजे कचनकवल – ३ दल्कीस्थित सन्थाल बस्ती बस्ने विदेन मर्डीकी छोरी २६ वर्षीया आस्मा मर्डी आफ्नै घरदेखि अन्दाजी २५ मिटर उत्तरमा रहेको बाटोमा लडेर मृत अवस्थामा फेला परेकी हुन् । उनका भाइ सफल मर्डीले देखेर शव घरमा ल्याएका थिए । 

ती युवतीको बाहिरी चोटपटक केही देखिएको छैन । अनुसन्धान एवं कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

सम्बन्धित समाचार