२०८३ असार ३ गते , बुधबार
भद्रपुरको मकैबारीमा सडेगलेको अवस्थामा भेटिएको शवको सनाखत, मृतक जोगी
भद्रपुरमा सडेगलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक भद्रपुर नगरपालिका-२ सोमबारे निवासी अन्दाजी ५० वर्षीय भुवन सिंह जोगी
रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुक्के जोगी काकाले नामले चिनिने उनी बैशाख २५ गतेदेखि हराएका थिए । उनको शव आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा फेला परेको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा शवको पोस्टमार्टमका पश्चात् परिवारजनले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।