२०८३ असार ३ गते , बुधबार
झापाको टाङटिङ खोलामा अवैध उत्खनन, ७ वटा ट्याक्टर नियन्त्रणमा
झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोलामा अवैधरुपमा उत्खनन गर्ने कार्य रोकिएको छैन । प्रहरीले अर्जुनधारा-५ स्थित टाङटिङ खोलाको निषेधित क्षेत्रमा अवैधरुपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा सातवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
हिजो र अस्ति सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको मोबाइल गस्ती टोलीले प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२,प्र.१–०१–००१ त ८२३०,प्र १–०३–००१ त २३९५ ,प्र १-०१-००१ त ९४६६ प्र १-०१-००१ त ८९७९ र प्र १–०१–००१ त ८०३५ नं को ट्याक्टर नियन्त्रणमा लिएको हो ।
आवश्यक कारबाहीको लागि ती सवारीसाधन आज अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको छ । अस्तिकै दिन मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन गर्दै गरेको अवस्थामा टाङटिङ खोलाबाट दुईवटा स्काईभेटर प्रहरीले नियन्त्रणमा लिएको थियो ।