२०८३ असार ३ गते , बुधबार

ट्रकको ठक्करबाट झापाको दमकमा स्कुटर चालकको मृत्यु 

sajilo news
झापा
२०८२ बैशाख २८ गते , आईतबार
ट्रकको ठक्करबाट झापाको दमकमा स्कुटर चालकको मृत्यु 

झापा । ट्रकको ठक्करबाट झापाको दमकमा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने स्कुटर चालक ताप्लेजुङ जिल्ला दोभान निवासी  २२ वर्षीय अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति अन्दाजी १०ः१५ बजे दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो । मृतक लिम्बू दमक थकाली किचन घरको स्टाफ हुन् ।

स्कुटरको पछाडि सवार पाँचथर जिल्ला  मिक्लाजुङ गाउँपालिका-४ निवासी ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । ट्रक चालक फरार रहेका छन् भने ट्रक र स्कुटरइलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार