२०८३ असार ३ गते , बुधबार

झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतले गरे आत्महत्या

sajilo news
झापा
२०८२ बैशाख २६ गते , शुक्रबार
झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतले गरे आत्महत्या

झापा गोल्डकपका पूर्वअध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड नगरपालिका १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । 

प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौँ सामाजिक तथा व्यावसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।

सम्बन्धित समाचार