२०८३ असार ३ गते , बुधबार
धान खेतमा जमेको पानीमा डुबेर झापामा एक बालिकाको मृत्यु
शिवसताक्षीको धान खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाको छोरी रोसिका टुडूको घर निजकै रहेको खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
डुबिरहेको अवस्थामा उनकी आमा कल्पना टुडूले देखेर पानीबाट निकाली हेर्दा बालिकाको मृत्यु भइसकेको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय शिवगंजमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया गरेको जनाइएको छ ।