२०८३ असार ३ गते , बुधबार
भद्रपुरकी हर्कमायाको भीरबाट लडेर मृत्यु
खोटाङस्थित आफन्तकोमा पाहुना जाँदै गर्दा भद्रपुरकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो १ बजे खोटाङ केपिलासगढी गाउँपालिका –४ सिम्पानीस्थित आफन्तको घरमा पाहुना जाने क्रममा भद्रपुर नगरपालिका –२ बस्ने शुक्रराज राईकी श्रीमती वर्षीया हर्कमाया राई अचानक भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
घाइतेलाई श्रीमान शुक्रराजले ना १ ज ७४८४ नं. को गाडीमा उपचारका लागि धरानतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक महिलाको शव जिल्ला अस्पताल दिक्तेलको शव गृहमा राखिएको छ । ती महिला भीरबाट अन्दाजी २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।