२०८३ असार ३ गते , बुधबार

सशस्त्रले बरामद गर्‍यो दहिझोडा वनबाट १२ लाखको अवैध काठ

sajilo news
झापा
२०८२ बैशाख २६ गते , शुक्रबार
सशस्त्रले बरामद गर्‍यो दहिझोडा वनबाट १२ लाखको अवैध काठ

झापाको अर्जुनधारा– ४ स्थित दहिझोडा वनबाट १२ लाख बढीको अवैध काठ बरामद भएको छ । बिहीबार दिउँसो ३.३० बजे दहिझोडा सामुदायिक वनको खुड्किलो भन्ने स्थानमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य रु.१२ लाख २५ हजार बराबरको अन्दाजी ३५० क्यु. फिट साल जातको गोलिया काठ बरामद भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बि.क.को कमान्डमा ५ जना, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सो काठ बरामद गरी आवश्यक कारबाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति एवं सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार