२०८३ असार ३ गते , बुधबार

धितोपत्र बोर्डमा अख्तियारले मार्‍यो छापा

sajilo news
झापा
२०८२ बैशाख २४ गते , बुधबार
धितोपत्र बोर्डमा अख्तियारले मार्‍यो छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज धितोपत्र बोर्डमा छापा मारेको छ।  प्राथमिक शेयर निष्काशन (आइपिओ) निष्काशनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। 

आइपिओ निष्काशनको प्रक्रियामा रहेका कम्पनीसँग बोर्डले आर्थिक चलखेल गरेको आरोप लागेपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको हो। आइपिओका लागि परेका निवेदन २२ महिनादेखि बोर्डले रोकेर कमिशन मागेको आरोप जलविद्युत कम्पनीहरुका प्रवर्द्धकले लगाएका छन्।

जलविद्युत् कम्पनीहरुको आइपिओ निष्काशनमा कमिशन मागेको आरोप लागेपछि फाइल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको अख्तियार स्रोतले बताएको छ। 

आइपिओ जारी गर्न अनुमति दिने नियामक निकाय धितोपत्र बोर्डबाट कमिशन माग भएको विषयमा छानबिन गर्नुपर्ने विषय आज संसदमा समेत उठेको थियो। 

प्रतिनिधिसभाको आजको बैठकमा माओवादी सांसद माधव सापकोटाले धितोपत्र बोर्डले साना परियोजनासँग कमिशनको बार्गेनिङ गरेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए। 

 

 

सम्बन्धित समाचार