२०८३ असार ३ गते , बुधबार
लिटल फ्लावर्स स्कूलको बस दुर्घटना, २० जना विद्यार्थी घाइते
उदयपुरमा स्कुल बस पल्टिँदा २० जना विद्यार्थी घाइते भएका छन् । आज दिउँसो ४ः४० बजे उदयपुरगढी ६ मवासेस्थित मदन भण्डारी राजमार्गमा नेपालटारबाट गैयातर्फ विद्यार्थी बोकी आउँदै गरेको ना ३ ख ६१९५ नं को लिटल फ्लावर्स बोर्डिङ स्कूलको बस ब्रेक फेल भई दुर्घटना भएको थियो ।
घाइते हुनेहरूमा १२ जना छात्रा र शिक्षकसहित ८ जना छात्र रहेका छन् । प्रहरी टोलीले उद्धार गरी उनीहरूलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।बस चालक उदयपुरगढी ६ बस्ने २९ वर्षीय वीरबहादुर नेपाली सकुशल रहेका छन् ।